ताजा अपडेट »

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

शुक्रबार, ०२ जेठ २०८२, ११ : २०
88 Shares
शुक्रबार, ०२ जेठ २०८२
88 Shares

चितवन । चितवनको भरतपुर महानगरफालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यत्तिले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन् ।

४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ६/७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो ।

घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा उपचार जारी छ ।

घटनाको कारण खुलेको छैन । घटनाको छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।