ताजा अपडेट »

तिलोत्तमामा कार दुर्घटना, ३ जना घाइते

विहीबार, ०१ जेठ २०८२, २० : १४
446 Shares
विहीबार, ०१ जेठ २०८२
446 Shares

बुटवल । ​रुपन्देहीको बुटवल–भैरहवा सडक खण्डअन्तर्गत बिहीबार अर्को कार दुर्घटना भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सखुवानीमा  बा प्र ०१–०२९ च ८६०५ नम्बरको कार तीव्र गति कारण दुर्घटना परेको हो । दुर्घटनामा कारमा सवार तीन जना घाइते भएका छन् ।

गाडी विद्युतीय पोलमा ठोक्किएर ‘लेन चेन्ज’ भई भैरहवातर्फको लेनमा पुगेको प्रत्यक्षदर्शीले  बताएका छन् । कारका पार्टसहरू टाढा–टाढा उछिट्टिएको अवस्थामा छन् भने गाडीको अगाडिको बम्पर क्षतिग्रस्त भएको छ । 

कारमा सवार घाइते उपचारका लागि अस्पताल पठाएको छ ।बिहीबार दिउँसो नै तिलोत्तमा नगरपालिका ५ क्रिमसन हस्पिटल अगाडि बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु ३ च ४३८० नम्बर कार अनियन्त्रित भएर दुर्घटना हुँदा रुपन्देहीको देवदह नगरपालिका–५ खैरेनीका ५० वर्षका इन्द्रबहादुर सुनार घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।