बुटवल। बुटवलसहित देशका अधिकांश स्थानमा बिहीबार साँझ बिजुली अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले ढल्केबर सबस्टेसनमा समस्या आएको जनाएको छ । जसका कारण काठमाडौंलगायत मध्य र पूर्वी नेपालभर नै बिजुली आउने–जाने समस्या भएको छ । आज मात्रै होइन केहि दिनदेखि नै लाइन साँझमा भ्याप जाने आउने गर्ने गरेको छ ।
प्राधिकरणका अनुसार, भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफरपुर लाइनमा समस्या आएको जनाएको छ । “भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा लाइन जाने आउने गरेको हो,” प्राधिकरणले भनेको छ ।
समस्या समाधानको काम भइरहेको पनि प्राधिकरणले जनाएको छ । “छिटै समस्या समाधान हुन्छ । एक ठाउँको मात्रै नभई काठमाडौंलगायत मध्य र पूर्वी नेपालभर नै यो समस्या आएको हो,” प्राधिकरणले भनेको छ ।
प्रतिक्रिया