ताजा अपडेट »

नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश

शुक्रबार, ०२ जेठ २०८२, १३ : ५९
60 Shares
शुक्रबार, ०२ जेठ २०८२
60 Shares

बुटवल । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश गरेको छ । थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा प्रवेश गरेको हो ।

हङकङसँग समान ५ अंक भए पनि नेपाल बढी जितका आधारमा सुपर-३ मा पुगेको हो । नेपालले ४ खेलमा २ जित, १ हार र १ खेलमा अंक बाडेर ५ अंक जोड्यो । यस्तै हङकङको ४ खेलमा १ जित र ३ अंक बाड्दा समान ५ अंक बनाएको थियो । नेपालले अब सुपर- ३ मा यूएई र थाइल्याण्डसँग खेल्नेछ । सुपर-२ का शीर्ष-२ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।