ताजा अपडेट »

गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेकाे छ : प्रचण्ड

शुक्रबार, ०२ जेठ २०८२, १५ : ५२
28 Shares
शुक्रबार, ०२ जेठ २०८२
28 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेको आरोप लगाएका छन् । 

मध्यपहाडी लोकमार्ग आन्तर्गत सुदूरपश्चिम स्थिति बैतडीको पाटनबाट शुक्रबार सुरु भएको जागरण अभियानको उद्घाटन गर्दै उनले सुशासनको खिलापमा सरकार अगाडि बढिरहेको आरोप लगाए । 

‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो । सरकारले अहिलेसम्म नियुक्त गर्न सकेको छैन । त्यसमा अनेक खलाका चलखेल भइराखेको छ । यी सबै कारणले यो सरकार विल्कुल गलत दिशामा गइराखेको छ’, उनले भने, ‘राष्ट्र र जनताको हितविपरित गइराखेको छ । मजदुर किसानको हितविपरित गएको छ । हामीले सरकारलाई चुनौती दिएर हिँडेका छौँ । अझै पनि मध्यपहाडी मार्गमा खबरदारी गर्दै जानेछौँ ।’प्रतिपक्षी दलको खबरदारीलाई सरकारले सुन्न नचाहिरहेको भन्दै प्रचण्डले जनताको आवाजलाई बेवास्ता गरेर भ्रष्टाचार र विकृतिलाई संरक्षण गरे ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिए । 

साथै मध्यपहाडी लोक मार्ग माओवादीको पहलमा निर्माण भएको उनले दाबी गरे । १८८९ किलोमिटर भित्र पर्ने १० वटा ठुला स्मार्ट सिटी बनाउने अवधारणा माओवादीकै अगुवाइमा भएको जिकिर समेत गरे ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।