बुटवल । कपिलवस्तुमा रुखले च्यापिएर एक बालिकाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका-८, मैनिहवाकी १४ वर्षीया सुखना केवटको रुखले च्यापिएर मृत्यु भएको हो ।
हावाहुरी चलेको बेला बगैँचामा आँप टिप्न गएकी उनको रुखले च्यापिएर शुक्रबार दिउँसो मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनमणी अधिकारीले बताए ।
प्रहरीका अनुसार घाइते केवटलाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेको हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो एक्कासी हावाहुरी चल्दा विभिन्न ठाउँमा क्षति पेर्याएको छ । नवलपरासीको सुनवलमा रुखले च्यापिएर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
प्रतिक्रिया