बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लब अफ बुटवल डाउनटाउनले आफ्नो २४ औँ स्थापना दिवसको अवसरमा नेपाल बाल संगठन कपिलवस्तु शाखालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रबार एक समारोहका बीच क्लबका एजी जिवन अर्याल, अध्यक्ष शिव ज्ञवाली, संस्थापक सदस्य ऋषि बहादुर भण्डारीले नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपाल ज्ञवालीलाई २५ हजार रुपैयाँ बराबरको खाद्यान्न र नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा क्लबका एजी जिवन अर्यालले बालगृहको पूर्वाधारमा सरकारबाट आवश्यक सहयोग भएपनि ब्यवस्थापनमा कठिनाई रहेको विषयमा यसअघि ज्ञान नरहेको भन्दै आगामी दिनमा सबैको सहयोग जुटाउन लाग्न सुझाव दिए । आफै क्षेत्रमा रहेको
कार्यक्रममा नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपाल ज्ञवालीले बालमन्दिर देशकै दोस्रो ठूलो धनि संस्थाका रुपमा पहिचान बनाएको भएपनि आश्रित बालबालिकाहरुलाई ब्यवस्थापनमा धेरै कठिनाई रहेको बताए । विसं. २०५९ सालदेखि द्वन्दकालमा घर छोड्न बाध्य रहेका परिवारका बालबालिकाहरुलाई आश्रय दिएको ईतिहास भएको उनले बताए । काठमाडौं नक्सालमा मुख्य कार्यालयसहित देशका १० स्थानमा बालगृहका शाखाहरु रहेको उनले बताए ।
कतिपय बालबालिकाहरु पुर्नस्थापित भएको उनले बताए । कक्षा १२ सम्म पढ्न ब्यवस्था गरिदिने र त्यसपछि उनिहरुलाई समाजमा आयआर्जनमा जोड्ने काम गर्दै आएको उनले बताए । कार्यक्रममा पूर्वअध्यक्ष भिमलाल श्रेष्ठले आगामी दिनमा रोटरीको सहकार्यमा शैक्षिक सामग्री, स्वास्थ्य शिविर, न्यानो कपडा र छात्रवृत्ति प्रदानका कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाए । कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले स्थापना दिवस कपिलवस्तुमा पर्यटन प्रवर्द्धनका लागि फेलोसिप कार्यक्रमसँगै सामाजिक क्षेत्रमा रहेर बालगृहमा सहयोग गरेको बताए ।
प्रतिक्रिया