बुटवल । जिनियस टक सिजन ४ को तयारी पुरा भएको छ । जिनियस् बीजलाइफ र जिनियस् टक संस्थाको आयोजनामा हुन यही जेठ ७ गते हुने जिनियस टक सिजन ४ को सम्पूर्ण तयारी पुरा भएको हो । कार्यक्रममा तिलोत्तमाको टाइगर प्यालेस बाई सोल्टीमा हुने छ ।
शनिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रत्येक वर्ष बालबालिका, किशोर, युवा र उद्योग व्यवसायीका लागि जीवन उत्पे्ररक कार्यक्रम संचालन गर्दै आइरहेको र अहिले पनि त्यसैको निरन्तरता भएको संस्थापक कृष्ण साहले बताए । साथै युवाहरुको जीवन परिवर्तनमा मद्धत पुराउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा अन्तराष्ट्रिय जीवन उत्पे्ररक वक्ता इमरान खानले इमाजिनेशल टु क्रियशनको विषयमा धारण राख्ने कार्यक्रम रहेको छ । यस्तै डयाडिज गु्रपका संस्थापक कमलजंग कुँवरले व्यवसायिक धारण कसरी बनाउने ?, तनाव व्यवस्थापन प्रशिक्षक बिदुर फुयाँलले उत्कृष्ण जीवनपथ कसरी रोज्ने विषयमा सहभागिहरुलाई प्रस्तुती दिने छन् ।
साथै टेन गु्रपका प्रबन्ध निर्देशक धिरजकुमार अग्रवालले सफलताको यात्रा र अन्तराष्ट्रिय प्रखर कथावाचक बालव्यास श्रवण न्यौपानेले प्रस्तुती दिने छन् । कार्यक्रममा रुपन्देही जिल्लाभरका विद्यालयमा अध्ययनरत छात्राछात्रसँगै अन्य युवाहरुको पनि सहभागिता रहने छ ।
कार्याशालामा प्रवेश शुल्क तीन रुपियाँ तोकिएको छ भने डयाडिज किचन, टु साउण्ड, रिभेरा र टाइगर प्यालेस वाई सोल्टीले सहयोग गरेका छन् । जिनियस् बीजलाइफ र जिनियस् टकले सन् २०१८ मा पहिलो सिजन, २०२३ मा दोस्रो सिजन र २०२४ मा तेस्रो सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया