बुटवल । एकीकृत अखिल नेपाल शिक्षक संगठन बुटवल उपमहानगरपालिकाको अध्यक्षमा विष्णुप्रसाद ज्ञवाली चयन भएका छन् ।
शनिबार सम्पन्न तेस्रो अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा सपना भट्टराई, महिला उपाध्यक्षमा अस्मिता खड्का, उपाध्यक्षमा मुकेश पोखरेल, कोषाध्यक्षमा निशा खरेल र सचिवमा गिता पौडेल चयन भएका छन् ।
साथै समितिको सदस्यमा पुनराम पोखरेल, बाबुराम पौडेल, गिरिराज खनाल, विजय चौधरी, किसन घर्ति, राजेश अग्रहरी, सुवास सिंह र अच्युत ज्ञवाली चयन भएका छन् । अधिवेशन नेकपा (माओवादी) केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बरालको प्रमुख आथित्यता र अर्जुन खनालको अध्यक्षतामा सम्पन्न भएकोे हो ।
कार्यक्रममा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका रुपन्देही अध्यक्ष रोमनाथ न्यौपाने, तथा शिक्षक संगठनका केन्द्रिय पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया