बुटवल । बुटवल-११ देवीनगरस्थित गार्गी एकेडेमीले शनिबार विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरेको छ । विद्यालयमा भर्ना भएका ५१२ जना नयाँ विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरेको हो । कार्यक्रममा प्रशिक्षण गर्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले अभिभावकले आफ्ना बालबच्चालाई प्रयाप्त समय दिन आग्रह गरे ।
‘बालबच्चाले पढन मानेन भन्ने होइन’ उनले भने, ‘आफूले आफ्नो बच्चालाई कस्तो व्यवहार गरिराखेको छु भन्ने कुरा महत्वपूर्ण हो । बच्चालाई मायालु ब्यबहार गर्ने, उनीहरुसँग खेल्ने, प्रेरणा र हौशला दिने, स्वास्थ्यमा पनि ध्यान दिदै जंक फूड खानबाट टाढा राख्नुपर्छ ।’ प्राचार्य अधिकारीले बच्चालाई मोबाइल हेर्न बानीमा परिवर्तन ल्याउन अभिभावक आफूले कहिल्यै पनि बच्चाको अगाडि मोबाइल नर्हेन सुझाव दिए । कार्यक्रममा अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावकले समयसापेक्ष र फलदायी बनाउन आफू बढी जिम्मेवार बन्नुपर्ने बताए । ज्ञवालीले गार्गीले विद्यार्थीको रूचि र चाहना अनुसार अध्ययन अध्यापन गराइरहेको बताए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष झबिन्द्र अधिकारीले विद्यालयले विद्यार्थी र अभिभावक सबै पक्षबीचको सामूहिक प्रयासकै अघि बढदै आएको बताए । विद्यालयका सल्लाहकार राजेन्द्र ढकालले विद्यार्थीप्रति समर्पित प्रशासन, पेशाप्रति लगनशील शिक्षक, अनुशासित र मेहनती विद्यार्थीको कसिलो सम्बन्धको कारण गार्गी सबैको रोजाइँमा परेको बताए । कार्यक्रममा विद्यालयका सञ्चालक लोकराज शर्मा, सल्लाहकार भरत पाठक लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका मावि संयोजक समिर अधिकारीले गरेका थिए । अभिमुखीकरण कार्यक्रममा विद्यार्थीले विभिन्न कला प्रस्तुत गरेका थिए । विद्यालयमा २ हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया