तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा लुम्बिनी प्रदेश स्तरिय उधमी महिला प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वुमन एक्टको आयोजनामा प्रदेशका ८ वटा स्थानीय तहका महिला उधमीको सहभागितामा प्रशिक्षण भएको हो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले यस्ता तालिमले महिला दिदिबहिनीलाई अघि बढ्न हौसला प्रदान गर्ने, क्षमता बिकास गर्ने, उधमशिलता फस्टाउने र बजारीकरण गर्न सहज हुने बताए । तिलोत्तमा नगरपालिका महिलामैत्री पालिका बन्ने तयारीमा रहेकाले पनि विभिन्न संस्थाले महिला संग सम्बन्धित कार्यक्रम गरिदिदा आफुहरुलाइ झनै सरल भएको र महिलाको बिकास मा टेवा पुगेको उनले जनाए ।
आत्मनिर्भर महिलाले आर्थिक रुपमा सबक भए कसैसँग हात फैलाउन नपर्ने बरु घरको सम्पुर्ण जिम्मेवारी एक्लै पूरा गर्न सक्ने भएकाले पनि कार्यक्रम हरु फलदायी हुने बताए । महिलालाई उधमी बनाउन पालिकाले समेत लगानी गरेर सीप बिकास , उधमी तालिम दिइरहेको भन्दै उनले यस बाट अघि बढी महिलाले स्वावलम्बनको बाटो रोज्नुपर्ने बताए । प्रमुख खाणले अहिलेको युगमा सीप भएको नागरिक नै धनी नागरिक भएकाले सीप सिकेर उधमी बन्ने र त्यसलाइ जिउने माध्यम बनाउन सक्ने हुनुपर्ने बताए ।
त्यस्तै वडा न ५ का अध्यक्ष रमेश डुम्रे ले महिलालाई उधम संग जोड्न तिलोत्तमाका हरेक वडामा बजेट बिनियोजन भएको र सोही अनुसार कार्यक्रम समेत गरिराखिएको बताए । उनले महिलाले उत्पादन गरेका वस्तु बिक्री वितरण र उत्पादन चिनाउन कार्यक्रम माध्यम बन्ने बताए । उनले महिला जसले उत्पादन गर्छन उनीहरुले आफ्ना उधम सानो भएपनी चिनाउन उत्पादित वस्तु बिक्री गर्न नलजाइकन अघि सर्नुपर्ने बताए । वडा ५ मा १० हजार उधमी महिला रहेको र सबैलाई उकास्न वडास्तरका कार्यक्रम गर्ने गरेको बताए ।
उक्त कार्यक्रममा बोल्दै वुमन एक्टका कार्यक्रमका संयोजक प्रकाश अधिकारीले प्रशिक्षणमा ब्रान्डिङ, प्यकेजिङ, मार्केटिङ च्यानल फाउन्डेसन लगायतका विषयमा सिकाइ सहभागिले आफ्ना वडा तथा पालिकामा रहेका अन्य उधमीलाइ सिकाउने र सन्जाल बनाएर उत्पादन बिक्री गर्न सक्षम बनाउने बताए ।
प्रतिक्रिया