बुटवल । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) बुटवल उपमहानगरपालिकाको प्रथम अधिबेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ ।
अधिवेशनले हेम रुचालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष सम्झना केसी, शिशिर घर्तिमगर, सचिव सुजन कुवर, सहसचिव विजय बिक, सन्जय कार्कि र कोषाध्यक्ष पुष्पा गुरुङ रहेका छन् । यसैगरी सदस्यहरुमा अमृत थापामगर, सुशान्त तुलाचन, सन्दिप न्यौपाने, टिकाराम पौडेल, बिमला कुवर र बिनु परियार निर्वाचित भएकाछन् भने चार जना सदस्यहरु पछि कलस्टर मिलाएर थप गरिने जनाइएको छ ।
अधिवेशनको पार्टीको केन्द्रिय पुनावेदन समितिको प्रमुख बिष्णुहरि शर्माले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि शर्माले जनतामा आएको राजनीतिक चेत र नयाँ ढंगको राजनीतिक संस्कारलाई व्यवस्थित रुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिए । उनले अब पुरानो सोंच र राजनीतिक दर्शनले मुलुकलाई सहि दिशामा लैजान नसक्ने भएको हुँदा नया वैकल्पीक राजनीतिको आचो भएको बताए ।
प्रतिक्रिया