काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछन् ।
आज पहिलो खेल राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच हँुदैछ भने, दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच हुँदैछ ।
नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे जयपुरमा शुरु हुने खेलमा राजस्थान रोयल्स र पञ्जाव किंग्स खेल्दैछन् । जारी आइपीएलमा राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएको छ भने पञ्जाव किंग्स प्लेअफको दौडमा रहेको छ ।
राजस्थान रोयल्सको १२ खेलमा केवल ६ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ । त्यसैगरी पञ्जाव किंग्सको ११ खेलमा १५ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।
यस सिजनमा यसअघि अप्रिल ५ मा भएको दुवैबीचको खेलमा राजस्थान रोयल्स ५० रनले विजयी भएको थियो । त्यस्तै आज दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरातबीच दिल्लीमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि खेल शुरु हुनेछ ।
११ खेलमा १३ अंक हाँसिल गर्दै दिल्ली प्लेअफको दौडमा कायम रहेको छ । त्यस्तै गुजरात भने ११ खेलमा १६ अंक हासिल गर्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । आजको जित दुवैका लागि प्लेअफको दौडमा महत्वपूर्ण हुने छ । यस सिजनमा यसअघि दुवैबीच अप्रिल १९ मा भएको खेलमा गुजरातले ७ विकेटको जित हासिल गरेको थियो ।
प्रतिक्रिया