ताजा अपडेट »

प्राईम कमर्सियल बैंकले गर्यो ग्राहकलाई छुट दिन ६ वटा संस्थासंग सम्झौता

विहीबार, २७ बैशाख २०८१, १६ : ५२
756 Shares

बुटवल । प्राईम कमर्सियल बैंकले आफ्ना कर्मचारी तथा ग्राहकलाई छुट दिनको लागि बुटवलका ६ वटा संस्थासँग सम्झौता गरेको छ । बैकंकले विहिबार आफ्ना ग्राहक र कर्मचारीलाई विशेष सुबिधा  प्रदान गर्ने उदेश्यले ६ संस्थासँग सम्झौता गरेको हो । सम्झौतासँगै प्राईम कमर्सियलका ग्राहक र कर्मचारीले सम्झौता भएका संस्थामा सेवा लिँदा विशेष छुट सुबिधा पाउने छन् ।   

प्राईम कमर्सियल बैंकले विहीबार बुटवलका मुक्तिनाथ पोलिक्लिनिक प्रा.लि, थाईरो ल्याब बुटवल प्रा.लि, महालक्ष्मी स्वीट्स प्रा.लि., डाँफे ईन्टरनेशनल ट्रेड प्रा.लि., होटल लक्ष्मी रुपन्देही प्रा.लि तथा होटल एभेन्यू प्रा.लि.सँग यस्तो सम्झौता गरेको हो । 

बैंकका अनुसार सम्झौतासँगै यस बैंकका ग्राहकले मुक्तिनाथ पोलिक्लिनिक प्रा.लि.मा होमियोप्याथी,फिजियोथेरापी र अक्यूर्पचर सेवामा १० प्रतिशत र प्याथोलोजी टेस्टमा १५ प्रतिशत छुट पाउने छन् । यस्तै थाईरो ल्याब बुटवल प्रा.लि. मा प्याथोलोजी टेस्टमा १५ प्रतिशत र हेल्थ प्याकेजमा ५ प्रतिशत छुट पाउने छन् । 

4e9ab776-3b4b-4f7a-9f7b-c0d1b71d55a7

यसैगरि महालक्ष्मी स्वीट्स प्रा.लि.मा खाना, खाजा तथा मिठाईका परिकारमा १० प्रतिशत, डाँफे ईन्टरनेशनल ट्रेड प्रा.लि.मा बिभिन्न होम अप्लाईन्सेस तथा ईलेक्ट्रोनिक सामानहरुमा ३५ प्रतिशतसम्म छुट पाउने छन् ।  होटल लक्ष्मी र  होटल एभेन्यूमा खाना तथा वेभरेज आईटम र रुमको शूल्कमा १० प्रतिशत छुट पाउने छन । 

123

ग्राहक र कर्मचारीहरुलाईअधिकतम  लाभ होस् भन्ने उद्धेश्यले सम्झौता गरिएको बताउदै बैंकका लुम्बिनी प्रदेश प्रमुख सिंहले हाल ६ वटा संस्थासँग ग्राहक /कर्मचारीलाई छुट दिनको लागि सम्झौता गरिएको र आगमी दिनमा अन्य संस्थाहरुसँग पनि सम्झौता गरि ग्राहकलाई छुटको व्यवस्था मिलाइने उनले बताए । 

Untitled-2

12345

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।