ताजा अपडेट »

कांग्रेसले बोलायो संसदीय दलको बैठक

सोमबार, ०७ जेठ २०८१, १३ : ३०
92 Shares
सोमबार, ०७ जेठ २०८१
92 Shares

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नाराबाजीका बीच विश्वासको मत लिएपछि कांग्रेसले आजै अपराहन्न साढे १ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बताइएको छ ।  कांग्रेसले संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन समेत गर्ने जनाएको छ । पत्रकार सम्मेलन प्रमुख सचेतक रमेश लेखकले गर्ने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।