ताजा अपडेट »

बुटवलमा अन्तरपालिका स्तरीय प्रथम उपमेयर कप भलिबल सुरु

विहीबार, २७ बैशाख २०८१, १८ : ५८
44 Shares

बुटवल । बुटवलमा आज विहिबारदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको एक कार्यक्रमका बीच बुटवल उपमहानगरकी उपप्रमुख साबित्रादेवी अर्यालले उद्घाटन गरिन् ।

साे अवसरमा अर्यालले खेलकुदकाे क्षेत्रबाट पनि बुटवललाई चिनाउन उपमहानगरपालिकाले विभिन्न खाले प्रतियोगिता सञ्चालन गर्दै आएको भन्दै महिला भलिबल  प्रतियोगिताले बुटवलसहित रूपन्देही जिल्लामा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् । बुटवल नगर खेलकुद विकास समितिद्वारा आयाेजित  प्रतियोगितामा बुटवलसहित रूपन्देहीका ६ पालिकाकाे सहभागिता रहेको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पियाकाे सभापतित्व र नगर उपप्रमुख अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानालगायतले प्रतियोगिताको महत्त्व र उद्देश्य माथि प्रकाश पारेका थिए ।

यसैबीच आज भएको बुटवल उपमहानगरपालिका र गैडहवा गाउपालिका बीचकाे खेलमा बुटवल विजयी भएको छ भने तिलाेत्तमा नगरपालिका र सुद्वाेदन गाउँपालिका बीचकाे प्रतियोगितामा तिलाेत्तमा नगरपालिका विजयी भएकाे छ । त्यस्तै आजै भएको सिद्वार्थनगर नगरपालिका र सुद्धोदन गाउँपालिका बीचकाे अर्को खेलमा सुद्धोदन विजयी भएको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले नगद १० हजार प्राप्त गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।