ताजा अपडेट »

फेसबुक पेजमा १० लाख फलोअर कटाउने संदिप पहिलो नेपाली खेलाडी

शुक्रबार, २८ बैशाख २०८१, ०८ : ५५
118 Shares

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको आधिकारिक फेसबुक पेजमा १० लाख फलोअर कटेका छन । हालै मात्रै उनको  'Sandeep Lamichhane' नामक पेजले यो आँकडा पार गरेको हो ।

उनले उक्त पेजबाट खेल सम्बन्धी गतिविधि तथा व्यक्तिगत कुरा शेयर गर्दै आएका छन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लेग स्पिनर लामिछानेले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, पाकिस्तान सुपर लगायतका विश्वभर आयोजना हुने प्रमुख टी(ट्वान्टी खेलहरु खेलेका छन । सन्दिप लामिछानले नेपाल र नेपालीको नाम क्रिकेट मार्फत विश्वभर चिनाएका छन । उनि विश्वकै ठुलो तथा प्रतिष्ठित भारतिए टि २० क्रिकेट लिग “आईपिएल खेल्ने एक मात्र नेपाली  खेलाडी हुन । 

उच्च अदालत बाट न्याय पाएर नेपालको प्रतिनिधित्व गर्दे विश्वकप खेल्ने सपना बोकेका सन्दिपको पेसी फेरी पनि हेर्न न भ्याईनेमा राखिएछि लामो समय मौतना साधेका लामिछानेले हालै मात्र मौनता तोडदै सामाजिक संजाल फेसबुक मार्फत आफुनिर्दोष रहेको र आफुलाई फासाईएको बताउदै दोषि भए सजाए देउ होईन भने न्याय देउ भन्दै आफुलाई पसाउनेहरुको नाम सार्वजनिक गर्ने जाकारी गराएका छन ।  

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय तोकेको थियो । जिल्ला अदालतको फैसला आए संगै सन्दिप अहिले निलम्बनमा छन । उलने जिल्ला अदालतको फैसला त्रुटीपूर्ण रहेको भन्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए । अहिले उच्च अदालत पाटनमा लामिछाने विरुद्धको बलात्कार मुद्दा विचाराधीन छ । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।