ताजा अपडेट »

लघु बृत्तचलचित्र “रित्तो गाँउ”को प्रिमियर सम्पन्न

आइतबार, १६ बैशाख २०८१, १७ : २४
76 Shares

काठमाडौं । लघु बृत्तचलचित्र ‘रित्तो गाउँ’ को काठमाडौंमा शुक्रबार बेलुका विषेश प्रदर्शन (प्रिमियर) गरिएको छ । त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रिय बिभागका प्रा.डा. उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा यो लघुबृत्तचलचित्र बनाईएको यसका निर्देशक रामजी ज्ञवालीले विशेष प्रदर्शन समारोहमा बताए । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले यो बृत्तचलचित्र समसामयिक बिषयमा निर्माण भएको बताए । गाउँ रित्तिनु आफैंमा दुखद पक्ष भएको पौडेलको भनाई थियो । रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौंको आयोजनामा भएको यो प्रदर्शनसँगै यसलाई अब विश्वव्यापी रिलिज गर्न लागिएको निर्देशक ज्ञवालीले बताए ।

निर्देशक ज्ञवालीले कार्यक्रममा भने, ‘यो पहिलो प्रदर्शन हो । अब हामी विभिन्न संघ–सस्था, क्लब तथा व्यक्तिहरुसँग सहकार्य गरेर संसारभर यस फिल्मलाई देखाउनेछौं र अहिलेसम्म बुटवल, हेटौडा, जापान, हङकङ, अमेरिका लगायतका स्थानमा प्रदर्शनको तयारी भईरहेको छ ।’ आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस लघु बृत्तचलचित्रलाई आनन्दराज शर्मा वाग्लेले निर्माण गरेका हुन । जसमा कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माता छन ।

‘रित्तो गाउँमा’ हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल, सविना राउतलगायतको अभिनय रहेको छ । निरज कंडेलको छायांकन रहेको रित्तो गाउँको सम्पादन नहकुल खड्काले गरेका हुन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।