ताजा अपडेट »

तिलोत्तमा ६ मा ज्येष्ठ  नागरिकका लागि नि:शुल्क आँखा शिविर

मंगलबार, २३ माघ २०८०, १६ : ३७
80 Shares

 

तिलोत्तमा । तिलोत्तमा नगरपालिका  वडा न ६ को आयोजनामा वडाध्यक्षसंग ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । लायन्स  क्लब अफ बुटवल  देउरालीको सह आयोजना तथा लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १९३ जनाले आखा जांच गराएको आनन्दवन स्वास्थ्य संस्था का प्रमुख ज्ञान प्रसाद पौडेल  ले जानकारी दिए । त्यस्तै १५ जनाको मोतियाबिन्दुको सल्यक्रिया गर्नुपर्ने भएको उनले बताए । 

उक्त शिविर को उद्घाटन गर्दै तिलोत्तमा का नगर प्रमुख रामकृष्ण खाणले नगरपालिका ले स्वास्थ्य शिक्षा  र रोजगार को विषयला प्राथमिकतामा राखेर काम गरिरहेको जनाए । उनले वृद्धावस्थामा कसैले पनि स्वास्थ्य उपचार्को अभाव भोग्न नपरोस भन्ने उद्देश्य ले पालिका भरी नै ज्येष्ठ  नागरिक का लागि सुबिधायुक्त स्वास्थ्य परिक्षण सेवा संचालन गरिरहेको बताए ।

कार्यक्रम मा वडा न ६ का अध्यक्ष गणेश  पाठकले आफू निर्वाचित हुनु अघि नै अग्रज बुवा आमासंग गरेको वाचा अनुसार स्वास्थ्य चौकीमा ज्येष्ठ  नागरिक लाई  हरेक स्वास्थ्य सुविधा उपलब्ध गराइ सेवा प्रदान गर्ने जमर्को स्वरुप कार्यक्रम नै राखेर बजे छुट्टाइ अघि बढेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।