ताजा अपडेट »

तिलोत्तमा- ६ को सुविधासम्पन्न वार्डभवन उद्घाटन, भोलिदेखि नयाँ भवनबाट सेवा शुरु

मंगलबार, ११ बैशाख २०८१, २० : २५
104 Shares

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पुरानो सडकमा वडा नम्बर ६ को नवनिर्मित भवन मंगलबार उद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण र नगर उपप्रमुख जगेश्वर देवी चौधरीले संयुक्त रुपमा सो भवनको उद्घाटन गरे ।अपांगता तथा बालमैत्री संरचनामा बनाइएको आधुनिक भवनमा २ तलामा ८ वटा कोठा छन् ।

यो भवनसंगै नगरपालिकाले पुराना वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने चरणको शुरुवात गरी आफ्नै भवनमा सेवा सुचारु गर्न सफल भएको छ । एक बर्ष अघि देखि डेरामा बस्दै आएको बताउदै वडा अध्यक्ष गणेश पाठकले वडाको आफ्नै भवन निर्माणपछि वडा नम्बर ६ का स्थानीय र नगरबासीले लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।

तिलोत्तमाको वडा नम्बर ६ का वडाध्यक्ष पाठकले छिटो छरितो रुपमा भवन निर्माण सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिए । कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालिका वडागत रुपमा दरिलो भैसकेको र सेवा ग्राहीहरुलाई छिटो छरितो सेवा प्रबाहका लागि  वडा देखि नगरसम्म सबै भौतिक निर्माण तथा सेवा प्रबाह बिस्तार गर्न आग्रह गरे । उनले भौतिक संगै मानबिय विकासले  नगरलाई सेवा प्रवाहमा चुस्त बनाउदै लगेको सबै नगर बासिहरुमा अबगत समेत गराए ।

सोहि कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले सहज छिटो छरितो र प्रभाबकारी सेवाका लागी नगरपालिका संगै वडा कार्यालयहरु समेत लागिपरेको बताउदै सेवामा कुनैपनि कन्जुस्याई नगर्न जनप्रतिनिधि तथा कर्मचारीहरुमा आग्रह गरिन।

सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, योजना शाखा प्रमुख ईन्जिनियर प्रदिप बन, निबर्तमान वडा अध्यक्ष सुखदेव न्यौपाने, शान्ति नमुना माविका अध्यक्ष शरद भट्टराई, समाजसेवी रोमणी पाठक लगायतले बोल्दै छोटो समयमै भवन निर्माण सम्पन्न भएको प्रति खुसी ब्यक्त गरे। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु , वडा सदस्यहरु , कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दल तथा युवा क्लब, आमा समूह, टोल बिकाश सस्थाका पदाधिकारी तथा प्रतिनिधि र स्थानिय वडा बासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सो उद्घाटन समारोहमा जग्गा प्रदान गर्ने सागर मणि आदिको अर्धकद मुर्ती अनावरण समेत गरिएको थियो।साथै सो कार्यक्रममा सहयोगी कर्मचारी, निर्माण व्यवसायी (ठेकदार), बिद्यालयका शिक्षकलाई सम्मान समेत गरिएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।