१६ माघ २०७९, सोमबार

Jan 30, 2023

काठमाडौं । संसदीय सुनुवाइ विशेष समिति सभापति लक्ष्मणलाल कर्णले चोलेन्द्र शम्शेर जबरालाई बाध्यतावश प्रधानन्यायाधीश पदमा अनुमोदन गरेको बताएका छन् ।

Advertisement

सोमबार नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको भेटमा सभापति कर्णले सर्वोच्च अदालतलाई नेतृत्वबिहीन नबनाउन चोलेन्द्रलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न बाध्य भएको धारणा राखेका हुन् ।

‘उहाँमाथि थुप्रै प्रश्न उठेका थिए । तर अदालतलाई नेतृत्वविहीन बनाउन नहुने कुरा आयो । उहाँभन्दा अरु पात्र पनि थिएनन् । ३ वर्ष पूरा गरेको क्यान्डिडेट अरु थिएन । हामी अनुमोदन गर्न बाध्य भयौं,’ कर्णले भने, ‘पहिले नसोचेको कुरा अहिले आएर भयो ।’ 

लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतकसमेत रहेका कर्णले आफू २०६३ सालदेखि नै संसदीय सुनुवाइ समितिमा सदस्यका रुपमासमेत रहँदै आएको उल्लेख गर्दै चोलेन्द्र न्यायाधीश हुँदा पनि प्रश्न उठेको बताए । ‘उहाँ न्यायाधीश हुँदा पनि सुनुवाइमा बसेको हो । उहाँमाथि त्यतिबेला पनि प्रश्न उठेकै हो,’ उनले भने ।  

कर्णले प्रधानन्यायाधीश कुनै ठूलो पद नभएको र एउटा संस्थाको लिडरले त्यसको गरिमा राख्नुपर्नेमा जोड दिए ।

‘एउटा नेतृत्व जाँदैन समस्या समाधान हुँदैन । तर न्यायलयमा प्रमुखमाथि अभियोग लागेपछि छोड्ने परम्परा रहेछ । उहाँमाथि अदालतको परिवार मानिने बारबाटै अभियोग लागेको छ । संस्था जोगाउने कुरा ठूलो हो । उहाँले प्रश्न उठेपछि परम्पराअनुसार छोड्नुपर्ने हो,’ उनले भने ।  

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु