१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

बुटवल । प्रत्येक बर्ष मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूको सम्मान गर्दै यो दिवस हरेक वर्ष आजैका दिन विश्वभरि मनाइन्छ । नेपालमा पनि सूचना र समाचार संप्रेषण गर्दै नागरिकको हक अधिकार संरक्षण र प्रवर्द्धनमा प्रेस क्षेत्रले पुर्याइरहेको योगदानको स्मरण गरी दिवस मनाइदैछ ।

सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यस वर्ष कोभिड-१९ को महामारीका कारण औपचारिक कार्यक्रम नभए पनि नेपाल पत्रकार महासङ्घ लगायतले प्रेस स्वतन्त्रताबारे डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन-प्रसारण मार्फत विविध कार्यक्रम आयोजना गरी दिवस मनाउँदैछन् ।

यस वर्षका लागि सार्बजनिक वस्तुका रुपमा सूचना’ भन्ने नारा तय गरिएको छ । नेपाल पत्रकार महासंघका अनुसार, नेपालमा यसबर्ष ४५ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरू भएका छन् । जसबाट ५८४ पत्रकार कुनै न कुनै रुपमा पिडित भएका छन् । कोरोना महामारीले कतिपय श्रमजीवि पत्रकारहरु विस्थापित हुनुपर्ने बाध्यता रहेको समेत महासंघले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु