४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

जेठ २६, कोलकाता । भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ ।
सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् ।

पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भाजपाका स्थानीय नेता मुकुल रोयले ट्वीट गर्दै सन्देशखालीमा आफ्ना तीन कार्यकर्ताको गोली हानी हत्या भएको उल्लेख गर्नुभएको छ । विपक्षी समर्थकहरुसँग बेला बेलामा भाजपाका कार्यकर्ताहरुको झडप भइरहने यस प्रदेशमा हालै भएको लोकसभा निर्वाचनमा भाजपाले १८ स्थान जितेको थियो । भाजपाले सन् २०१४ मा भएको निर्वाचनमा दुई स्थान मात्र जितेको थियो ।

भाजपाले देशभरी ३०३ स्थानमा जित हासिल गरेको छ । यसअघि सन् २०१४ को निर्वाचनमा भने २८२ स्थानमा विजयी भएको थियो । भाजपाको तर्फबाट अहिले पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री हुनु भएको छ । त्यसैगरी त्रिणमुल कङ्ग्रेस पार्टी पनि पश्चिम बंगालमा शक्तिशाली मानिन्छ । सो पार्टीकी नेतृ ममता बनर्जीको प्रभाव धेरै रहेको छ । भाजपाको झण्डा र पोस्टर राख्नेक्रममा पछिल्लो झडप भएको पार्टीका प्रदेश महासचिव सायन्तन बसुले जानकारी दिनुभयो । त्रिणमुलका कार्यकर्ताले भाजपाको झण्डा र पोस्टर टाँस्नेक्रममा अवरोध गरेको बताउँदै आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गरिएको दाबी गर्नुभयो ।

त्रिणमुल पार्टीका प्रदेश मन्त्री ज्यातिप्रियो मलिकले भने भाजपाका कार्यकर्ताले आफ्ना एक कार्यकर्ताको हत्या गरेको आरोप लगाउनु भएको छ । मलिकले भन्नुभयो, “पार्टीको बैठकका लागि जाँदै गरेको बेला हाम्रा एक कार्यकर्तालाई भाजपाका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए, त्यसपछि भाग्न खोज्दा गोली प्रहार गरेर उनको हत्या भयो ।” 

रासस/एएफपी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सिद्धार्थनगर प्रमुखमा कांग्रेसका इश्तियाक, उपप्रमुखमा एमालेकी उमा विजयी रुपन्देहीको ओमसतिया अध्यक्षमा एमालेका यादव विजयी एमाले अध्यक्ष ओली अस्वस्थ बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई