ताजा अपडेट »

भारतका वित्तराज्यमन्त्रीलाई आइसिपीसम्म रेलसेवा विस्तार गर्न सिद्धार्थ उद्योग वाणिज्य संघको आग्रह

बुधबार, ०७ चैत्र २०८०, ०५ : ४५
204 Shares

भारतको केन्द्रीय सरकारका वित्त राज्यमन्त्री पंकज चौधरीलाई सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आइसिपीसम्म रेलसेवा विस्तार गर्न आग्रह गरेको छ । अनौपचारिक कार्यक्रममा रुपन्देही आएका मन्त्री चौधरीसँग सिद्धार्थनगर उद्योग वाणिज्य संघको टोलीले भेट गरी व्यापार सहजीकरणलगायतका विषयमा छलफल गर्नुका साथै आइसिपीसम्म रेलसेवा विस्तार गर्न आग्रह गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । 

भारतीय केन्द्र सरकारका वित्त राज्यमन्त्री चौधरीसँग नौतनवासम्म रेलसेवा सुचारु रहेकाले आइसिपीसम्मै विस्तार गरेर दुई देशको ब्यापारमा सहजीकरण गर्न आग्रह गर्दे भारत सरकारले लगाएको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइसी) पनि हटाउन मन्त्री चौधरीसँग संघका पदाधिकारीहरुले अनुरोध गरेका छन । नेपालमा उत्पादित सामान भारत निकासी गर्दा बिआइसी प्रमाणित चिह्न लिनुजर्नेहुदा यसले नेपाली उत्पादन निकासीमा असर पुर्याउने भन्दै उक्त व्यवस्था कार्यान्वयन नगर्न संघले आग्रह गरेको संघका महासचिव कृष्ण घिमिरेले बताएका छन । scciiiii2

‘भारतले खाद्यान्न निकासीमा लगाएको अतिरिक्त कर हटाउन पनि आग्रह गरेका छौँ,’ महासचिव घिमिरेले भने । खुल्ला सीमाका कारण लागूऔषधको ओसारपसार र कारोबार बढेको भन्दै संघले भारततर्फ विशेष कडाई गर्न अनुरोध पनि गरेको थियो ।  संघले राज्यमन्त्री चौधरीलाई भारतीय एयरलाइन्समार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरेर सहयोग गर्न पनि अनुरोध गरेको छ । भैरहवाबाट भारतका विभिन्न सहरमा नियिमित उडान गरे यात्रुहरुको अभाव नहुने संघले जनाएको छ ।

भेटका क्रममा मन्त्री चौधरीले आइसिपीसम्म रेलसेवा विस्तारको काम छिट्टै हुने बताए । रेल सेवा विस्तारका विषयमा आफू पहिलेदेखि नै सकारात्मक रहेको बताउँदै आफ्नो तर्फबाट सबै किसिमका पहल हुने आश्वासन समेत दिईउको संघले जनाएको छ । छलफलमा संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको नेतृत्वमा, निवर्तमान अध्यक्ष भीष्मप्रसाद न्यौपाने, उपाध्यक्षद्वय गोविन्दप्रसाद ज्ञवाली र रोहितकुमार अग्रवाल, महासचिव कृष्ण प्रसाद घिमिरे, सदस्य विकास गोयन्का, उद्योगपति राम थापालगायतको सहभागीता थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।