ताजा अपडेट »

माओवादीको मध्यपहाडी अभियानको खाका तयार: यस्तो छ कार्यतालिका

शुक्रबार, २६ बैशाख २०८२, ११ : ०३
24 Shares
शुक्रबार, २६ बैशाख २०८२
24 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको खाका तयार पारेको छ ।  

‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी खाका तयार भएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार अभियान जेठ २ गते सुदूरपश्चिमको बैतडी जिल्लाको पाटनमा अभियान उद्घाटन हुनेछ । 

कार्यक्रमको स्वरूप– मध्यपहाडी लोक मार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले १–१ स्थानमा जनसभाको आयोजना गर्ने र प्रत्येक जिल्ला समन्वय समितिले ११ स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने । कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको जनसभाहरूलाई अभियानकै कार्यक्रमको रूपमा समावेश गर्ने उनले बताए ।

बाँकी जिल्लाहरूमा अनुकूल समयमा जनसभाहरू आयोजना गर्नेछ । वैशाख २१ गते बसेको माओवादी पदाधिकारी बैठकले जेठ २ गतेबाट दोस्रो चरणको अभियान सञ्चालन जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । महासचिव देव गुरुङको संयोजकत्वमा उपमहासचिवहरू गिरिराजमणि पौडेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सम्बन्धित प्रदेशका पदाधिकारीसँग समन्वय गरी अभियानको खाका बनाएको हो । 

लोकमार्गमा पर्ने प्रत्येक जिल्लाले जनदिशा लागु गरी १–१ दिन सबै जिल्लामा बसोबासको व्यवस्था मिलाएको उपाध्यायले जानकारी दिए । 

यस्तो छ समय तालिका 

२०८२ जेठ १ गते बेलुका डडेलधुरा

२०८२ जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसम्वाद

२०८२ जेठ ३ गते, अछाम मङ्गलसेन जनसंवाद

२०८२ जेठ ४ गते, दैलेख सदरमुकाम जनसभा

२०८२ जेठ ५ गते, जाजरकोट खलङ्गा जनसंवाद 

२०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद

२०८२ जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोट जनसंवाद  र रोल्पाको थबाङमा जनसभा

२०८२ जेठ ८ गते बागलुङ जनसंवाद 

२०८२ जेठ ९ गते पर्वत कुस्मा जनसंवाद

२०८२ जेठ १० गते कास्की ९पोखरा० जनसभा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।