काठमाडौं । भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय ९एडीजी पीआई०ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले पूरै पश्चिमी सीमामा आक्रमण गरेको जनाएको छ ।
भारतीय सेनाको एडीजी पीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडियो सेयर गर्दै लेखिएको छ, “पाकिस्तानी सशस्त्र बलले ८ र ९ मे २०२५ को मध्यरातमा पूरै पश्चिमी सीमामा ड्रोन र अरू हतियारहरू प्रयोग गरेर कैयौँ आक्रमण गर्यो । पाकिस्तानी सैनिकले जम्मू र कश्मीरमा नियन्त्रण रेखामा धेरैपटक युद्धविरामको पनि उल्लंघन गरे ।”
भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको र युद्धविराम उल्लंघनको कडा जवाफ दिइएको जनाएको छ ।
श्रीनगरमा रहेका बीबीसी संवाददाता मजिद जहाँगीरका अनुसार, बिहीबार राति करिब ११ बजे उरी सेक्टरमा भारी गोलाबारी भएको थियो । र, सीमानजिकैका मानव बस्तीलाई निसाना बनाइएको थियो ।
जम्मू–कश्मीरको राजौरीमा रहेकी बीबीसी संवाददाता दिव्या आर्यले त्यति बेला त्यहाँ पूर्ण रूपमा ‘ब्ल्याकआउट’ गरिएको बताइन् ।
मे ८ मा जम्मू–कश्मीरमा विस्फोट र विद्युत् अवरुद्ध भएको रिपोर्टको केही समयपछि बीबीसीले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफसँग कुरा गरेको थियो । कुराकानीका त्रक्रममा ख्वाजा आसिफले जम्मू–कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका थिए । बीबीसी हिन्दीबाट ।
प्रतिक्रिया