काठमाडौँ । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेपछि कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द भएका छन् ।
भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द भएका छन् । पाकिस्तानले पनि पञ्जाब प्रदेशका विद्यालयहरू बन्द गरिएका छन् । उक्त प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था र परीक्षा बन्द गरिने घोषणा गरेकी छन्।
गत महिना भारतको कश्मीरको पहलगाममा २६ जना पर्यटकको ज्यान लिने गरी भएको आतङ्ककारी हमलाको प्रतिकारमा भारतले गएराति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका नौ स्थानमा मिसाइल प्रहार गरेको बताएको हो ।
यो आक्रमणमा दर्जनौँको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
प्रतिक्रिया