ताजा अपडेट »

नेपालमा दुई चिनिया क्रसओभर इलेक्ट्रीक एसयूभीको बिक्री सुरु हुदै चैत्र महिना बाटै आकर्षक मुल्यमा किन्न सकिने

विहीबार, ०१ चैत्र २०८०, १५ : ००
44 Shares

काठमाडौं । दुई फरक चिनियाँ ब्राण्डले आफ्ना इलेक्ट्रीक एसयूभी नेपाली बजारमा बिक्री सुरु गर्न लागेका छन् । यसै महिनाबाट बिक्री सुरु हुने दुबै क्रसओभर एसयूभी नेपालको लागि नयाँ ब्राण्डका उत्पादन हुन् । चेरीको इलेक्ट्रीक ब्राण्ड ओमोडा र चांगानको इलेक्ट्रीक ब्राण्ड दिपलका उत्पादन नेपालमा बिक्री सुरु हुन लागेको हो । ओमोडा ई-५ को बुकिङ विगत एक महिनादेखि खुल्ला छ । त्यस्तै दिपल एस-७ को पनि टेष्ट ड्राइभ लगायतका गतिविधि चलिरहेको छ ।

cherry

मूल्यका हिसावले यी दुई एसयूभीमा झण्डै १२ लाख रुपैयाँ हाराहारी अन्तर रहने बताइएको छ । चेरीको इलेक्ट्रीक ब्राण्ड ओमोडा ई-५ को मूल्य ५९ लाख ४९ हजार रुपैयाँ रहेको छ भने  चांगानको इलेक्ट्रीक ब्राण्ड दिपल एस-७ को मूल्य अहिलेसम्म टुङ्गो सार्वजनिक गरिएको छैन । चांगानको टेष्ट ड्राइभ गर्नेहरुलाई कम्पनीले ७२ लाख हाराहारी मूल्य कायम हुने बताइरहेको छ । मोटर पावरको हिसावले दुबै क्रसओभर मोडलमा समान ९९ किलोवाट क्षमता पाउन सकिन्छ भने ब्याट्री पावरमा फरक रहेको छ । दिपलले एस-७ मा ६६ किलोवाट आवरको ब्याट्री दिएको छ । ओमोडा ई-५ मा भने ६१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । दुबैको रेन्ज ४०० किलोमिटर माथि रहेको बताएको छ ।changann

साइजको हिसाबले कुरा गर्दा चेरीको दिपल एस-७ निकै लामो रहेको छ । कम्पनीले यसलाई ४.७ मिटर लामो साइजमा बनाएको छ । चांगानको ओमोडा ४.४ मिटर लामो क्रसओभर हो । साइज अनुसार दिपल एस-७ को क्यानिव ठूलो छ । लग्जरी फिचरले भरिपूर्ण यो क्रसओभर मोडलको ड्यासबोर्ड ‘बटम लेस’ बनाइएको छ । साथै, यसमा चालकलाई आकर्षित गर्न थुप्रै फिचरहरु समेत दिइएको छ । यता ओमोडा ई-५ मा बीवाइडीको सहायक कम्पनी फिन ड्रिम्सले बनाएको ब्लेड ब्याट्रीप्रयोग गरीएको छ । सुरक्षा फिचरमा कुनै पनि सम्झौँता नगरिएको दुबै कारले बजारमा कस्तो ब्यापार पाउँछनेन् । त्यो हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।