ताजा अपडेट »

पोखरामा भीषण आगलागी, नियन्त्रणको प्रयास असफल

सोमबार, ०५ चैत्र २०८०, २२ : ११
536 Shares

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ स्थित काहुँडाँडामा भीषण आगलागी भएको छ  । आगो नियन्त्रणका लागि दमल पठाइएको भएपनि बाटोका कारण पुग्न नसकेपछि नियन्त्रमा लिने प्रयास असफल भएको छ ।

वडाध्यक्ष प्रेम कर्माचार्यका अनुसार मणिपाल शिक्षण अस्पतालदेखि केही माथिको जंगलमा आगलागी भएको हो ।सोमबार राती ८ः३० बजेदेखि आगलागी सुरु भएको उनले बताए । केही दिनदेखि पटक-पटक आगलागी भइरहेको भएपनि आजको जस्तो भीषण नभएको  उनले बताए ।

नियन्त्रणका लागि नेपाली सेना र प्रहरीको टोली त्यस स्थानमा पुगेको भएपनि आगो निकै भीषण भएकाले नियन्त्रण लिन कठिन छ भएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।