ताजा अपडेट »

रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने

सोमबार, १७ बैशाख २०८१, २० : ३६
136 Shares

बुटवल । जिल्ला भलिवल संघ रुपन्देहीको आयोजनामा  अन्तरपालिका  पुरुष  भलिबल प्रतियोगिता गर्ने भएको छ । रुपन्देहीका १६ वटा पालिकाहरुमा रहेका भलिवल  खेलाडीहरु विच  रोचकप्रतिस्प्रर्धा  हुने भएको हो । 

अन्तरपालिका  भलिवल खेलमार्फत जिल्लाको उत्कृष्ट टिम बनाउने उदेश्य सहित प्रतियोगिता आयोजना गरीएको  जिल्ला भलिबल सँघ रुपन्देहीले जनाएको छ  । यही  बैशाख १९ गते  देखी सन्चालन हुने  भलिवल    प्रतियोगिता तिलोत्तमा योगिकुटी स्थित   मणिमुकुन्द भलिवल क्लबको खेल मैदानमा हुने जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले जानाकारी दिए  । 

पालिकास्तरिय  प्रतियोगिताले  आयोजना गर्दा जिल्ला भित्र रहेका   खेलाडीहरुले आफ्नो  खेल प्रदर्शन गर्ने अवसर  पाउने  उनको भनाई छ ।   ३ दिन सम्म सन्चालन हुने पालिका स्तरिय भलिबल प्रतियोगितामा प्रथम हुनेले  नगद  ५५ हजार, कप मेडल, प्रमाणपत्र पाउने छन् भने द्रोस्रो हुनेले नगद  ३५ हजार, कप, मेडल, प्रकाणपत्र हात पार्नेछन भने  तेस्रो हुने टिमले नगद  २५ हजार कप मेडल प्रमाणपत्र पाउनेछन् । 

सान्वना हुने समुहले  नगद  १५ हजार, कप, मेडल  प्रमाणपत्र, हातपार्ने  छन् भने प्रतियोगितामा  अनुशासित हुने टिमले समेत कप प्रमाणपत्र पाउने  खेल संयोजक लोकेन्द्र भण्डारीले जानकारी दिए । प्रतियोगितामा हाल सम्म ६ वटा पालिकाले   नाम दर्ता गराईसकेको   खेल संयोजक भन्डारीको भनाई छ । यस्ता प्रतियोगिताहरुले   रुपन्देहीका बिभीन्नपालिकाहरुमा रहेका  भलिबल खेलाडीहरुको पहिचान र खेलाडी  उत्पादनगर्ने सहयोग पुग्ने आयोजकको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।