ताजा अपडेट »

नेपाल परेड तथा भलिवल प्रतियोगिता हुने

मंगलबार, ०८ फागुन २०८०, ०७ : ५८
84 Shares

सानफ्रान्सिस्को । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, क्यालिफोर्निया राज्य च्याप्टर  संघको वेष्ट रिजन कमिटि, नेपाल आदिवासी जनजाती महासंघ,क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।

भलिवल प्रतियोगिता सँगैं अप्रिल १४ गते नेपाल डे समेत मनाईने र सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकी सहीत परेडको आयोजना गरिने एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिए । 

भलिवल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौथो हुने समूहलाई २ हजार नगद सहीत पुरस्कारको व्यवस्था गरिएको कन्भेनर तथा जनजाती महासंघ,क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले  जानकारी दिएका छन् । 

साथै आयोजकले सहभागि हुन चाहने टोलीलाई दर्ता गर्न आग्रह गरेका छन् । दर्ता शुल्क ५ सय राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।