ताजा अपडेट »

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

विहीबार, ०३ जेठ २०८१, १६ : ५५
116 Shares
विहीबार, ०३ जेठ २०८१
116 Shares

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवारको मनोनयन दर्ता गरेका हास्यकलाकार तथा मिमिक्री कलाकार श्याम रंगीलाको उम्मेदवार खारेज भएको छ ।निर्वाचन आयोगले रंगीलाको मनोनयन दर्ताको प्रक्रिया नपुगेको भन्दै उम्मेदवारी दर्ता खारेज गरेको हो । भारतीय मिडियाहरुले उनको उम्मेदवारी अस्वीकृत भएको बताएका छन् ।

उम्मेदवारी खारेज भएपछि श्याम रंगीलाले उम्मेदवारीको क्रममा आफूले शपथ फर्म पूरा नगरेको भन्दै उम्मेदवारी खारेज गरिएको बताएका छन् । यद्यपी, उनले आफू पहिलो पटक चुनाव लडेको र सम्पूर्ण प्रक्रियाअनुसारका कागजात बुझाएको पनि दाबी गरे । उनको उम्मेदवारी दर्ता गर्ने क्रममा पनि आयोगले सहयोग नगरेको र एक दिनपछि मात्र मनोनयन दर्ताको फर्म बुझेको आरोप लगाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।