ताजा अपडेट »

मोदीको पहिलो निर्णय : ९.३ करोड किसानलाई २० हजार करोड दिने

सोमबार, २८ जेठ २०८१, १३ : ४९
222 Shares
सोमबार, २८ जेठ २०८१
222 Shares

काठमाडौँ । आइतबार प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका छन् । साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले आफ्नो तेस्रो कार्यकालको सुरुवातमा किसानका लागि दिने किसान निधी अन्तर्गतको रकम दिने निर्णयमा हस्ताक्षर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९.३ करोड किसानलाई वितरण गर्ने निर्णय गरेका छन् । मोदी सरकारको तेस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक पनि आज बस्दैछ । सरकारले मन्त्रिपरिषद् बैठकमा पनि केही ठूला निर्णय गर्न सक्ने विश्वास गरिएको छ । सरकारले मन्त्रिपरिषद् बैठकअघि सबै मन्त्रीलाई मन्त्रालय बाँडफाँट गर्ने बताइएको छ ।

आइतबार मोदीसहित ३० क्याबिनेट मन्त्री र ४१ राज्यमन्त्रीसहित ७२ जनाले शपथ लिएका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।