ताजा अपडेट »

पाल्पामा जिप दुर्घटना: २ जनाको मृत्यु, १३ जना घाइते

विहीबार, ०३ जेठ २०८१, ०७ : ३३
874 Shares
विहीबार, ०३ जेठ २०८१
874 Shares

बुटवल । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् ।

उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।