ताजा अपडेट »

इलाम- २ मा सुहाङको अग्रता कायमै

सोमबार, १७ बैशाख २०८१, १९ : ५१
72 Shares

काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १८ हजार १९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १२३३९ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ८५५७ मतले अगाडी रहेका छन् । त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ९३३६ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु ३०६७ मत प्राप्त गरेका छन् ।

इलाम-२ मा अहिलेसम्म ४४ हजार ३७३ मत गणना भएको छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।