ताजा अपडेट »

प्रतिनिधिसभा बैठक बस्दै, प्रि-बजेट माथी छलफल जारी रहने

आइतबार, ०४ चैत्र २०८०, ०६ : २६
24 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिधालय बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

साथै, आ.व. २०८१/८२ को लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्ताव बाहेक) माथी छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।