ताजा अपडेट »

इलाम २ मा एमालेका नेम्वाङलाई ५ हजारभन्दा धेरै मतको अग्रता

सोमबार, १७ बैशाख २०८१, १६ : २६
60 Shares

काठमाडौं । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार मतको अग्रता लिएका छन्।

अहिलेसम्म ३५ हजार ६ सय ११ मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १४ हजार ६ सय १३ मत प्राप्त गरेका छन्। कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३ सय ११ मत प्राप्त गरेका छन्। नेम्वाङ र खड्काबीच ५ हजार ३ सय २ मतको अन्तर छ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार ५ सय ७० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ५७ मत प्राप्त गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।