ताजा अपडेट »

तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने

सोमबार, १७ बैशाख २०८१, २० : ३१
126 Shares

तिलोत्तमा । तिलोत्तमा ब्यापार संघ र देवदह मेडिकल कलेजबिच सोमबार स्वास्थ्य उपचार सेवा छुटको सम्झौता भएको छ ।

संघका सदस्य तथा कर्मचारीहरुका लागि स्वास्थ्य उपचारमा छुट दिने गरी सम्झौता भएको हो । सम्झौता अनुसार देवदह मेडिकल कलेजले ओपिडी टिकटमा ५० प्रतिशत छुट दिने भएको छ भने साधारण बेडमा २५ प्रतिशत, आइसियु, एनआइसियु र पिआइसियुमा १० प्रतिशत, सर्जिकल उपचारमा १५ प्रतिशत, प्याथोलोजी ल्यावमा १५ प्रतिशत, भिडियो एक्सरेमा १५ प्रतिशत, होलबडी चेकअपमा २५ प्रतिशत र ड्रोसिङ लगायत अन्य सेवामा १० प्रतिशत छुट दिइने छ ।

सम्झौतापत्रमा तिलोत्तमा व्यापार संघको तर्फबाट अध्यक्ष नेत्रप्रसाद न्यौपाने र देवदह मेडिकल कलेजको तर्फबाट अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका छन् । त्यस अवसरमा तिलोत्तमा व्यापार संघका सचिव कृष्णप्रसाद भट्टराई, सहकोषाध्यक्ष रामु भण्डारी, कार्यालय प्रमुख रामप्रसाद सापकोटा (रामु) र देवदह मेडिकल कलेजका लेखा अधिकृत कृष्णचन्द्र पौडेल सहभागी थिए ।

तिलोत्तमा व्यापार संघले यसअघि क्रिमशन अस्पताल मणिग्राम र मेडिटेक हस्पिटल बुटवलसँग स्वास्थय उपचारमा छुट सम्बन्धी सम्झौता गरिसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।