ताजा अपडेट »

बुटवलबाट गाँजासहित ३ जना पक्राउ

आइतबार, ०४ चैत्र २०८०, ११ : ५९
552 Shares

बुटवल । पाल्पादेशि बुटवलतर्फ गाँजा ल्याउँदै गरेको अवस्थामा ३ जनालाई शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले बुटवल उपमहानगरपालिका–१३ बदेलपोखरीबाट करिब १ किलो ५ सय ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पाल्पा रिब्दिकोट गाउँपालिका–५ बस्ने मोहन रेग्मी र अन्य २ जनालाई पक्राउ गरिएको हो । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु. २ च. ६१८४ नम्बरको पिकअप जिपलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी जिपमा सवार उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।