ताजा अपडेट »

अर्घाखाँचीका सिडियो र सहायक सिडियोलाई कोरोना संक्रमण

शुक्रबार, १६ असोज २०७७, १३ : ००
8 Shares

अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोना संक्रमणको पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेका प्रजिअ पौडेलको कोभिड-१९ परीक्षण प्रयोगशाला गुल्मीमा गरिएको परीक्षणमा बिहीबार रिपोर्ट पोजिटिभ आएको हो । प्रजिअ थापालाई भने कुनै लक्षण देखिएको छैन् ।

उनीहरुसँगै सुरक्षा गार्ड र गाडी चालकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु केही दिन अघि सन्धिखर्क नगरपालिकाको भुजुंगे र शीतगंगा नगरपालिकाको कोठिया मैदानमा पहिरो पीडितलाई राहत वितरण गरेर फर्केपछि लक्षण देखिएको प्रजिअले बताए । अहिले पौडेल र थापा दुवै जना होम आइसोलेसनमा छन् ।

अर्का सहायक प्रजिअ विनोद खनाललाई भने संक्रमण नभएकोले कार्यालयमा काम नरोक्ने बताएका छन् । ‘प्रजिअ, सहायक प्रजिअ लगाएतसहित ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । ग्लोबल आवाजसँग कुरा गर्दै खनाले भने, म लगायतका कर्मचारीले सामाजिक दूरी कायम गरेर जिल्ला प्रशासनको काम निरन्तर राख्छौं ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।