ताजा अपडेट »

वृद्ध भत्ता पाँच हजार पुग्छ : मन्त्री अर्याल

सोमबार, ०६ फागुन २०७५, १७ : १२
4 Shares

फागुन ६,

स्याङ्गजा  भूमि व्यवस्था गरीबी निवारण एवं सहकारीमन्त्री पद्माकुमारी अर्यालले सरकारले वृद्ध भत्ता पाँच हजार पुर्‍याएरै छाड्ने बताएकी छन् । उनले निर्वाचनका बेला बोलेका कुरा पूरा गरेरै छाड्ने बताईन् ।

मन्त्री अर्यालले चापाकोट नगरपालिका–७ स्थित साँखर साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा सरकार पार्टीको घोषणापत्रलाई आत्मसात् गरेर अगाडि बढेको जिकीर गरिन् । उनले भनिन्, ‘निर्वाचनका बेला हामीले वृद्ध भत्ता पाँच हजार बनाउँछाैं ।’

मन्त्री अर्यालले ५ वर्षमा मुलुकको विकासको स्पष्ट खाकासहित विकासले गति लिने बताउँदै सरकार अहिलेसम्म नीति निर्माणमै अल्झिनु परेकाले सोचे जति छिटो छरितो काम हुन नसके पनि अब कामले गति लिने बताईन् । –रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।