ताजा अपडेट »

भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान

शुक्रबार, १४ बैशाख २०८१, १९ : ३०
42 Shares

बुटवल । भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । तिलोत्तममा आयोजना गरिएको कार्यक्रममा नयाँ बर्ष २०८१  को शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

 कार्यक्रममा समाजका अध्यक्ष सु.मेजर राजकुमार केसीले समाजले विभिन्न रचनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिदै समाजलाई अझ बढि सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । उनले सामाजिक क्षेत्रमा समेत समजालाई सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिदै सबैको साथ र   सहयोग बाट सामाजिक क्षेत्रमा समेत काम गर्न सकिने बताएका थिए ।

कार्यक्रममा  सल्लाहकार कुल बहादुर केसीले जन्मस्थान देखि कर्म स्थान सम्म जोडीएको कारण  समाज जन्मथलोलाई स्मरण गर्नको  लागि विभिन्न गतिविधि आवश्यक भएको बताएका थिए । यस्तै  नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष तथा सल्लाहकार विश्वास  ढकाल ले  समाज गठनबाट दुख सुखको सारथी बन्न सकिने बताउँदै कर्मथलो संगै जन्मस्थानको पनि संरक्षण प्रर्वद्धनमा जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा बरिष्ठउपाध्यक्ष मन बहादुर थापा, सचिव नाम बहादुर केसी लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा नयाँ बर्ष २०८१ को बार्षिका भित्ते पात्रो विमोजन गरिएको थियो । भित्तेपात्रो विश्वास ढकालको संयोजकत्वमा सागर केसी र बुद्धिसागर शर्मा सदस्य रहेको उप समिति गठन गरिएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।