ताजा अपडेट »

वेस्ट इन्डिज ए र नेपाल बीच आजदेखि टी-२० सिरिज

शनिबार, १५ बैशाख २०८१, ०५ : ५७
144 Shares

बुटवल । नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरू हुँदैछ। पाँच खेलको टी-२० सिरिजको पहिलो खेल दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुँदै छ।

टी-२० विश्वकप तयारीको रुपमा आयोजना गरिएको सिरिज अन्तरगत खेलहरु भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्। नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि वेस्ट इन्डिज नै जानेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्नेछ।

नेपाली टिम

रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल।

वेस्ट इन्डिज टिम

रोस्टन चेज ९कप्तान०, एलिक एथानाज ९उपकप्तान०, फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श।

यस्तो छ वेस्ट इन्डिजको टिम :

वेस्ट इण्डिज ‘ए’मा सिनियर टिममा खेलेका खेलाडीहरू पनि छन्। कप्तान चेजले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ टी-२० खेल खेलेका छन्। टेस्टमा उनले पाँच शतक प्रहार गरेका छन्। गत वर्ष भारतविरुद्धको टेस्टमा राष्ट्रिय टिममा डेब्यू गरेका उपकप्तान एलिक एथानाजले चार टेस्ट र १० एकदिवसीय खेलेका छन्। उनले वेस्ट इन्डिजको टी-२० टिममा भने डेब्यू गरेका छैनन्।

ओपनर आन्द्रे फ्लेचर सिनियर टिमबाट २५ एकदिवसीय र ५४ टी-२० खेलेका छन्। अनुभवी ब्याटर जोनसन चार्ल्स पनि वेस्ट इन्डिजको ए टिममा छन्। उनले सिनियर टिमबाट ५८ एकदिवसीय र ४८ टी-२० खेलेका छन्। चार्ल्स वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप जित्दा टिममा थिए।

अर्का अलराउन्डर किमो पल सिनियर टिमका लागि ३ टेस्ट, ३० एकदिवसीय र २३ टी-२० खेलिसकेका छन्। गुडाकेश मोती, फेबियन एलेन, केसी कार्टी, मार्क देयल, ओबेद म्याककोए, ओशान थोमस र हेडेन वाल्शले पनि वेस्ट इन्डिजको सिनियर टिमबाट डेब्यू गरिसकेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।