ताजा अपडेट »

इडन इङ्ग‌लिस बोर्डिङ स्कूलमा पुरस्कार वितरण

विहीबार, ०३ फागुन २०८०, १० : ४९
86 Shares

बुटवल । इडन इङ्गलिस बोर्डिङ स्कुल बुटबल ११ नहरपुरले सरस्वति पूजा, अक्षरारमा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयले आयोजना गरेका तथा अन्य शैक्षिक संस्थाहरुले आयोजना गरेका प्रतियोगिताहरुमा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बिद्यालयका अध्यक्ष नहकुल शाहि ठकुरिले बुटवल पारिको नमुना विद्यालय बनाउदै शैक्षिक गुणस्तरमा कुनै कसुर नराखी उत्कृष्ट नतिजा हासिल गरिरहेको बताए । उनले आफ्नो विद्यालयमा उत्पादन भएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षामार्फत आयआर्जन  संग जोड्कोलागि होटल म्यानेजमेन्ट लाई विषेश प्रथमिकता दिएको बताए । 
 
कार्यक्रमको समापन गर्दै  विद्यालयका प्राचार्य शिबहरी भट्टराईले विजेता विद्यार्थीहरुलाई बधाइ दिदै सधै शैक्षिक उन्नयनमा लाग्नु पर्ने बताए।  विद्यालयले सरस्वती  पुजाको अवशरमा विशेष छूट सहित भर्ना कार्यक्रम सञ्चालन भएको विद्यालयका प्राचार्यले बताए। कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कुशल वस्यालको संचालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।