ताजा अपडेट »

सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औँ वर्षमा

सोमबार, ०५ चैत्र २०८०, १३ : ५६
138 Shares

बुटवल । बुटवलको हाटबजार स्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औँ वर्षमा प्रवेश गरेको छ । क्याम्पसले ३२ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम समेत गरेको छ । 

क्याम्पसले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वार्षिकोत्सवको अवसरमा फागुन ३० गतेदेखि सप्ताहव्यापी कार्यक्रम गरेको क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले बताए । सप्ताहव्यापी कार्यक्रम सम्पन्न भइसकेको र मंगलबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आर्थित्यतामा विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सवको मनाइने क्याम्पस प्रमुख शर्माले बताए ।

क्याम्पसले वार्षिकोत्सवको अवसरमा मंगलबार पुस्तकालय भवनको उद्ध्घाटन, स्व.सूर्यप्रसाद प्रधान स्मृति सभाहलको नामाकरण र पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख शर्माले आफु १२ औँ क्याम्पस प्रमुखको रुपमा आफुले नेतृत्व गरिरहेको उत्कृष्ट सामुदायिक क्याम्पस बनाउने गरी आफु लागि रहेको बताए । पछिल्लो समय विद्यार्थीहरु विदेशीने क्रम बढ्दा विद्यार्थीहरुको संख्यामा कमी आएको बताउँदै बताउँदै यसलाई राज्यले रोक्नु पर्ने बताए । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलले क्याम्पसलाई अहिले भएको १० कठ्ठा जग्गा अभाव भएको बताउँदै बुटवल १२ मा जग्गा किन्नको लागि पहल भइरहेको जानकारी दिए । अक्षयकोषको स्थापना गरी विपन्न घर परिवारका विद्यार्थीलाई सोही छात्रावृत्तिबाट पढाउने योजना रहेको उनले बताए ।

क्याम्पसले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन ३१ गते वक्तृत्वकला र बास्केटबल प्रतियोगिता, चैत्र १ गते हाजिरि जवाफ, चैत्र २ गते कुर्सी दौड, चैत्र १ र २ गते छात्र क्रिकेट र छात्रछात्रा भलिबल प्रतियोगिता, चैत्र ४ गते स्पिलिङ्ग कन्टेस्ट (हिज्जे) र चैत्र ५ गते रक्तदान कार्यक्रम पनि भएको सहायक क्याम्पस प्रमुख कृष्ण खनालले बताए ।  रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको सहायक क्याम्पस प्रमुख खनालले बताए ।

२०४८ सालमा स्थापना भएको क्याम्पसमा हाल स्नातक र  मास्टर्स गरी १२८० र ११, १२ मा ४३५ विद्यार्थीहरु कुल १७७५ विद्यार्थी रहेका छन् भने ४४ जना प्रध्यापक र १४ जना कर्मचारी कार्यरत रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।