ताजा अपडेट »

न्यु लाइट कलेजमा पुरस्कार वितरण तथा नृत्य प्रतियोगिता

शनिबार, ०३ चैत्र २०८०, १७ : ४०
30 Shares

बुटवल । रुपन्देहीको  तिलोत्तमा- १ शंकरनगर स्थिति  न्युलाइट कलेजमा पुरस्कार, छात्रवृत्ति वितरण तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । 

शनिवार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्यानरत ३०० विद्यार्थीलाई खेलकुद पुरस्कार, ३० जनाले शैक्षिक पुरस्कार, २० जना विद्यार्थीलाई अक्षयकोष पुरस्कार वितरण गरिएको शैक्षिक संयोजक राजेन्द्र कुवरले जानकारी दिए । साथै ५० जना अनुशासित विद्यार्थी र २० जना कर्तव्यनिष्ठ शिक्षक तथा कर्मचारीलाई पनि सम्मानित गरिएको शैक्षिक संयोजक कुवरले बताए ।  नृत्य प्रतियोगितामामा २५ टिमको सहभागिता रहेको उनले बताए । 
यु लाइट कलेज विद्यार्थीको शैक्षिक  मात्रै  नभई अतिरिक्त क्षमतालाई पहिचान गरी उनीहरुको सर्वाङ्गीण विकासका लागि मन , वचन र कर्मले लागि परेको व्यवस्थापन समितिका अध्यक्ष धर्मराज पौडेलले बताए । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अबल गराउनको लागि नृत्य प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख रमेश ज्ञवालीले बताए ।

 यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले विद्यार्थीलाई पढाइमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि सकृय गराउने पर्ने बताए । नगरपालिकाले अतिरिक्त क्रियाकलापको विकासको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । 

सोही कार्यक्रममा अक्षयकोष दाता केदार रेग्मीले आफ्ना वुवाको स्मृतिमा स्थापित अक्षयकोषमा स्व. आमा दिलकुमारी रेग्मीको स्मृतिमा१ लाख ११ हजार १ सय ११ थप गरेका थिए । कार्यक्रममा व्यवस्थापन संकाय प्रमुख बिरेन्द्र राना, अतिरिक्त कृयाकलाप प्रमुख खेमराज खनाल र पुर्व विद्यार्थी तथा नमस्ते नेपालका सस्थापक अध्यक्ष अर्जुन भुसाल लगाएतले मन्तव्य राखेका थिए । 

कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष धर्मराज पौडेलको अध्यक्षता र शैक्षिक संयोजक राजेन्द्र कुवरको संचालनमा सम्पन्न भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।