ताजा अपडेट »

सिराहाकी शबाना प्रविन बनिन वेस्टर्न यूनियनको एक लाख विजेता

विहीबार, २७ बैशाख २०८१, ०८ : ३६
92 Shares

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो नयाँ वर्ष लक्षित “नगदमा हर्ष बनिरहोस नयाँ बर्ष शुभ रहोस” अभियानको विजेता को नाम सार्वजनिक गरेका छन । “नगदमा हर्ष बनिरहोस, नयाँ बर्ष शुभ रहोस” अभियानमा सहभागी भएर सिराहाकी शबाना प्रविनले नगद एक लाख प्राप्त गर्न सफल भएकी हुन ।

यो अभियान अन्तर्गत बिश्वका जुनसुकै ठाउबाट वेस्टर्न यूनियन मार्फत नेपालमा पैसा पठाएकाहरु मध्यबाट लक्की ड्र गरी बम्पर बिजेताको चयन गरीएको हो ।

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।

नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले नयाँ वर्ष लक्षित गरी “नगदमा हर्ष बनिरहोस, नयाँ बर्ष शुभ रहोस” अभियान शुरु गरेको थियो । बम्परमा रु. एक लाख बाहेक, यो अभियानमा सहभागी भएर पाँच हप्तासम्म पैतिस जाना भाग्यशाली ग्राहकहरुले नगद पन्ध्र हजार जित्ने मौका पनि प्राप्त गरेका थिए । 

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले  नेपालीहरुलाई  सन १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरुबाट नेपालमा पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।