ताजा अपडेट »

दुर्गा प्रसाईँको कार्यकर्ताद्वारा ज्योती बिकास र एभरेष्ट बैंकमा तोडफोड

विहीबार, २७ बैशाख २०८१, १६ : ३८
148 Shares

झापा । दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ काय कार्यकर्ताले विहिबार ज्योती बिकास बैंक र एभरेष्ट बैंकको कार्यालयमा तोडफोड गरेका छन् । अभियान अन्तर्गत झापाको बिर्तामोडमा आयोजित र्यालीमा सहभागीहरुले तोडफोड गरेका हुन् । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले र्याली निकालेको थियो । प्रहरीका अनुसार बिर्तामोड–५ को सिटी सेन्टरअगाडिबाट सुरू र्याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२/१५ जनाले ज्योती बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिइएकामा बिर्तामोड नगरपालिका ३ का मनकुमार तामाङ, वडा नम्बर ५ का ‘बुलेट’ भन्ने अन्जेश राई, बुद्वशान्ती गाउँपालिका ४ का दीपेश राई र बिर्तामोड ४ का पवन दुलाल छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।