ताजा अपडेट »

काँग्रेस भित्र सत्ताका लागि अरु दलसँग लहसिने प्रवृत्ति भयो : नेता महर

विहीबार, २७ बैशाख २०८१, १२ : ०४
248 Shares
विहीबार, २७ बैशाख २०८१
248 Shares

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरले पार्टी भित्रै सत्ताका लागि लहसिने प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । "पार्टी भित्रै एक पक्षले एमाले र अर्को पक्षले माओवादीसँग लहसिएर फेरि पनि सत्तामा जानुपर्छ भन्ने प्रवृत्ति छ ।"- नेता महरले भने, "अब सत्ताका लागि काँग्रेसले अरुलाई बैशाखी बनाउने होइन, फरक ढङ्गबाट अघि बढ्नु पर्छ ।"

प्रेस युनियन रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले गठबन्धन बिना पनि पार्टीलाई अघि बढाउन सकिने दाबी गरे । काँग्रेसले अब प्रतिपक्षमै बसेर पार्टी जीवनलाई सुधार गर्नुपर्ने पक्षमा आफू रहेको उल्लेख गरे ।

फरक प्रसङ्गमा नेता महरले वर्तमान सरकार कानुन अनुसार चल्न नसकको टिप्पणी गरेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रबी लामिछानेमाथि छानविनको माग गर्दै महरले यस विषयमा सरकारले नजरअन्दाज गर्नु गलत भएको उल्लेख गरे । सत्तामा रहेका दलहरु सहकारीका ठगहरुलाई कारबाही गर्नभन्दा सत्ता बचाउतर्फ केन्द्रीत रहेको आरोप लगाउँदै उनले 'सरकार रुल अफ ल'को विपक्षमा लागेकाले प्रधानमन्त्री प्रचण्डमाथि पनि छानविनको प्रक्रिया अघि बढ्न सक्ने बताए । यसैगरी संसद सुचारू गर्ने विषयमा काँग्रेस लचकता अपनाउन तयार भएपनि रबी लामिछानेलाई कारबाही हुनु पर्ने अडान कायम रहेको बताए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।