ताजा अपडेट »

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं:अशोक राई

विहीबार, २७ बैशाख २०८१, १६ : ०१
40 Shares

काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुदैन भन्दै नयाँ दल बनाएको बताएका छन् ।विहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाएका छन् ।

उनले आफुहरु अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताए ।राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउदै पारदर्शिता समेत नहुने गरेको बताए । उनले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफुहरुले यस्तो कदम चालेको बताएका छन् ।

अमेरिका जानु अघि उपेन्द्र यादवले पार्टीको विधान विपरित निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उनले बताए ।जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंबैधानिक रहेको बताउदै अदालत जाने बताएका छन् ।
  
  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।